site stats
बाह्रखरी :: Baahrakhari
खेल
सिएटलविरुद्ध मियामीको सहज जित

काठमाडौं । इन्टर मियामीले अमेरिकन सकर लिग (एमएलएस)मा सिएटल साउन्डर्सविरुद्ध ३–१ को सहज जित निकालेको छ । 

मंगलबार मियामीलाई फ्लोरिडास्थित चेस रंगशालामा जित दिलाउन कप्तान लियोनल मेसी, जोर्डी अल्बा र इयान फ्रेले समान एक गोल गरे । सिएटलका ओबेड भर्गासले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । 

मियामीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । 

खेलको १२औँ मिनेटमा अल्बाले मियामीलाई अग्रता दिलाए । ४१औँ मिनेटमा मेसीले अग्रतालाई दोब्बर बनाए । ५२औँ मिनेटमा फ्रेले गोल गरेपछि मियामीले ३–० को स्पष्ट अग्रतामा पुर्‍याए । 

६९औँ मिनेटमा सिएटलका भार्गासले टोलीको निम्ति एक गोल फर्काए । तर, उनको गोल टोलीलाई खेलमा फर्कन पर्याप्त थिएन । 

यो जितसँगै एमएलएसको इस्टर्न कन्फरेनसमा रहेको मियामीले तालिकामा ४९ अंक जोडेको छ । मियामीले अब आगामी साउन ५ गते (सेप्टेम्बर २१) मा डीसी युनाइटेडसँग खेल्नेछ । 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्