काठमाडौं । एसियाली फुटबलको सर्वाेच्च निकाय एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई १० हजार अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरेको छ ।
बुधबार (असोज १) एएफसीको अनुशासन समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरेको हो ।
एएफसीले इन्डोनेसियामा सन् २०२६ मा तय भएको एसियन फुटसल च्याम्पियनसिप छनोटबाट एन्फाले नाम फिर्ता लिएको जनाएको छ । एन्फाले प्रतियोगिताको नियमावलीको धारा ६ उल्लघंन गरेको महासंघको ठहर छ ।
योसँगै नेपाल एसियन फुटसलको अर्काे संस्करणको निम्ति समेत अयोग्य भएको छ ।
छनोट आगामी सेप्टेम्बर २० देखि सुरु हुँदै छ । छनोटमा ३१ राष्ट्र सहभागी छन् । जसलाई सातवटा समूहमा चार टिम र एक समूहमा तीन टिम हुनेगरी आठ समूहमा विभाजन गरिएको छ । छनोटबाट प्रत्येक समूह विजेता र सात उत्कृष्ट उपविजेताहरूले प्रतियोगितामा स्थान बनाउने छन् । प्रतियोगिता इन्डनेसियामा आगामी जनावरी २७ देखि फेब्रुअरी ७ सम्म हुनेछ ।