site stats
बाह्रखरी :: Baahrakhari
देश
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यम वर्षा हुनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोसी, मधेस, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा छ । अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ०६:३२
प्रतिक्रिया दिनुहोस्