देश
काठमाडौं । काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा हाल तीनजनाको उपचार भइरहेको छ ।
अस्पतालले असोज २ गते बिहीबार जारी गरेको सूचनामा भदौ २३ यता भर्ना भएका घाइते ५० जनाको शल्यक्रिया गरिएको उल्लेख छ । ११ जनाको पुनः शल्यक्रिया गरिएको छ भने ४८ जना डिस्चार्ज भएका छन् ।
अस्पतालमा ४६१ जना घाइते उपचारका लागि आएको अस्पतालले जनाएको छ । तीमध्ये ४४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको, ३६६ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालकी सूचना अधिकारी रञ्जना नेपालले उपचारका क्रममा ६ जनाको मृत्यु भएको जानकारी दिइन् ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०८२ १२:५४
प्रतिक्रिया दिनुहोस्