site stats
बाह्रखरी :: Baahrakhari
देश
कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये ३४८ फर्किए

गण्डकी । जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका ७७३ कैदीबन्दीमध्ये बुधबारसम्ममा ३४८ जना कारागार फर्किएका छन् । ४२५ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ । 

कतिपय कैदीबन्दी आफैँ कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । 

प्रदर्शनकारीले गत भदौ २४ गते राति कारागार तोडेर ३५ महिलासहित ७७३ कैदीबन्दीलाई भगाएका थिए । जिल्ला प्रहरी कार्यालयको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतले बताए । उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए । रासस

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्