site stats
बाह्रखरी :: Baahrakhari
खेल
फिफा वरीयतामा नेपाल १७६औँ स्थानमा यथावत्

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा नेपालले आफ्नो स्थान यथावत् राखेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको पुरुष फिफा वरीयतामा नेपाललले १७६औँ स्थान कायम राखेको हो । 

दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ । एक स्थान घटुवामा परेको भारत विश्व वरीयतामा १३५औँ स्थानमा छ । नेपाल तेस्रो स्थानमा छ । माल्दिभ्सले पनि १७१औँ स्थान कायम छ । क्रमशः १८४औँ र १८६औं स्थानमा रहेको बंगलादेश र भुटान पनि वरीयतामा यथावत् छन् । श्रीलंका १९७औँ स्थानबाट एक स्थान घटुवामा परेको छ ।  

फिफाको नयाँ वरीयतामा स्पेन भने एक स्थान बढुवा हुँदै पहिलो स्थानमा उक्लिएको छ । फ्रान्स दोस्रो स्थानमा उक्लिएको  छ । यसअघि पहिलो स्थानमा रहेको अर्जेन्टिना दुई स्थान घटुवा हुँदै तेस्रो स्थानमा झरेको छ । 

 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्