काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्यम्पियनसिपमा बंगलादेशविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक भएको छ । बिहीबार (असोज २) नेपाली टोलीका मुख्य प्रशिक्षक सञ्जित सिंहले प्रशान्त मोक्तानको कप्तानीमा आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।
टोलीमा फरवार्ड दिगविजय शाही र सुशान्त स्याङताङलाई मौका दिइएको छ । यसअपघि पहिलो खेलमा श्रीलंकाविरुद्ध खेलेका सुशान्त थापामगर र निसकुमार श्रेष्ठ परिवर्तन भएका छन् ।
खेलमा नेपाल लगातर दोस्र्रो जितको खोजीमा हुनेछ । यता, बंगलादेश भने विजयी सुरुआतको लक्ष्यमा हुनेछ ।
खेल नेपाली समयअनुसार श्रीलंकाको कोलोम्बोस्थित हर्सकोर्स रंगशालामा नेपाली समयअनुसार ७ः१५ बजे सुरु हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले तीन अंक जोडेको छ ।
यस्तो छ सुरुआती–११
रामबहादुर बोहोरा, प्रशान्त मोक्तान, अनमोल कार्की, दिगविजय शाही, राम थामी, प्रतिश थापामगर, समीर कुमार, भुवन कार्की, सुजन स्याङताङ, कृष्ट भण्डारी, निश्चल मगर