site stats
बाह्रखरी :: Baahrakhari
देश
रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार चारवटा प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । 

विभागले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेको बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०६:१५
प्रतिक्रिया दिनुहोस्