site stats
बाह्रखरी :: Baahrakhari
देश
गृहले गर्‍यो उच्छृङ्खल रोक्न ‘हेल्प डेस्क’ स्थापना

काठमाडौं । गृह मन्त्रालयले समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू रोक्न सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सो जानकारी दिएको हो । 

“जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शनपश्चात विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाइल नं. ९८५१३६०६०३ सहितको सहायता कक्ष (हेल्प डेस्क) गृह मन्त्रालयमा स्थापना गरिएको,” मन्त्रालयको सूचनामा भनिएको छ । 

गृहले आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाइबरमार्फत जानकारी गराउन सबैमा अनुरोध गरेको छ । 

551386036_760969100087565_1247524164463646412_n-1758281591.jpg
 

 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्