site stats
बाह्रखरी :: Baahrakhari
देश
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारी वर्षाको भने सम्भावना छैन । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ । 

कोसी र वाग्मती प्रदेशका केही स्थान, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा देशको बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना  छ ।

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको विभागले बताएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  ०६:१२
प्रतिक्रिया दिनुहोस्