देश
काठमाडौं । सुर्खेतमा तास खेलिरहेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का ६५ वर्षीय लक्ष्मीप्रसाद देवकोटासहितका व्यक्तिहरू छन् ।
वीरेन्द्रनगर–१०, बुदबुदेस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (असोज ३) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ६२ हजार ५०० रुपैयाँ र दुई बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ४, २०८२ १६:५५
प्रतिक्रिया दिनुहोस्