देश
काठमाडौं । देशका केही साना नदीमा आज (असोज ५) पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ठूला नदीको बहाव भने सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाको अनुमान छ ।
यस दिन संखुवासभा, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, कास्की र लमजुङमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘मध्यम’ सम्भावना औँल्याइएको छ । यी जिल्ला भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
देशमा हाल मनसुनी वायुको प्रभाव केही कमजोर छ । स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- मनसुनी वायुको प्रभाव कमजोर, ‘मध्यम’ वर्षाको पूर्वानुमान
- मौसमविद् भन्छन्– हिले दसैँ हुने सम्भावना धेरै
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२ ०९:१९
प्रतिक्रिया दिनुहोस्