site stats
बाह्रखरी :: Baahrakhari
देश
काभ्रेमा महिलाको शव फेला, नख्खु कारागारबाट भागेका श्रीमान्‌ले हत्या गरेको आशंका
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–१२, रोशीमा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार, ३० वर्षीया मनीषा तामाङको हत्या भएको हो । 

मनीषाको हत्या उनकै श्रीमान् सन्तबहादुर तामाङले गरेको आशंका प्रहरीले गरेको छ । 

वडा अध्यक्ष जयराम केसीका अनुसार, हत्यापछि महिलाको शव घरनजिक खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ । 

अध्यक्ष केसीले भने, ‘‘हामी अहिले प्रहरीको रोहबरमा उत्खनन् गर्ने काम गरिराखेका छौँ । महिलाको चप्पल फेला परेको छ । थप बुझ्ने काम भइरहेको छ ।’’

सन्तबहादुर ‘जेनजी’ आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेर केही दिनअघि मात्रै घर पुगेका थिए । तर, हाल उनी फरार छन् ।  वडाध्यक्ष केसीका अनुसार, उनी चार वर्ष पहिले जबरजस्ती करणी मुद्दामा नख्खु कारागार पुगेका थिए ।

 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्