site stats
बाह्रखरी :: Baahrakhari
खेल
बालन डी’अरको उत्कृष्ट खेलाडी घोषणा हुँदै, को–को छन् मनोनयनमा ?

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालन डी’अरको उत्कृष्ट पुरुष र महिला खेलाडीको घोषण हुँदै छ । 

सोमबार पेरिसस्थित थिएटर डे चाटेलेटमा अघिल्लो सिजन उत्कृष्ट खेल प्रदर्शन गरेका एक पुरष र एक महिला खेलाडीलाई अवार्ड दिने तालिका छ । अवार्डको निम्ति यसअघि नै ३० खेलाडीको मनोनयन सार्वजनिक गरिएको थियो । 

खेलाडी छनोट कसरी गरिन्छ ? 
यसअघि फिफाका उत्कृष्ट १०० राष्ट्रका समान एक पत्रकारको भोटिङका आधारमा ३० खेलाडी मनोनीत भइसेकेका छन् । यीमध्ये प्रत्येक पत्रकारद्वारा दश खेलाडीलाई वरीयता दिइनेछ । जसमा पहिलोलाई १५ अंक, दोस्रोलाई १२, तेस्रोलाई १०, चौथोलाई दश, पाचौँलाई सात, छैटौँलाई पाँच, सातौँलाई चार, आठौँलाई तीन, नवौँलाई दुई र दशौँलाई एक अंक दिने प्रावधान छ ।

खेलाडीहरूको मूल्याकंन सन् २०२४ र २०२५ को सिजनमा उनीहरूले गरेको प्रदर्शनका आधारमा गरिने जनाइएको छ । 

को–को छन् मनोनयनमा ?
जुड बेलिङघम– (रियाल मड्रिड)
ओसमान डेम्बेले– (पेरिस सेन्ट जर्मन) 
जियान्लुइजी डोनारुमा– (म्यानचेस्टर सिटी) 
डिजाइरे डुए– (पेरिस सेन्ट जर्मन)
डेन्जेल डुम्फ्राइज– (इन्टर मिलान)
सेरहौ गुइरासी– (बोरुसिया डोर्टमन्ड)
भिक्टोर ग्योकेरेस– (स्पोर्टिङ सिपी/आर्सनल)
अर्लिङ हाल्यान्ड– (म्यान्चेस्टर सिटी)
अच्राफ हाकिमी– (पेरिस सेन्ट जर्मन)
ह्यारी केन– (बार्यन म्युनिक)
भिचा केभारात्सेलिया– (पेरिस सेन्ट जर्मन)
रोबर्ट लोवान्डोस्की– (बार्सिलोना)
अलेक्सिस म्याक एलिस्टर– (लिभरपुल) 
लौटारो मार्टिनेज– (इन्टर मिलान)
केलियन एम्बापे– (रियाल मड्रिड)
स्कट म्याकटोमिने– (नापोली) 
नुनो मेन्डिज– (पेरिस सेन्ट जर्मन)
जोआओ नेभेज– (पेरिस सेन्ट मर्जन)
माइकल ओलिज– (बार्यन म्युनिक) 
कोल पाल्मेर– (चेल्सी)
पेड्री– (बार्सिलोना) 
राफिन्हा– (बार्सिलोना)
डेक्लान राइस– (आर्सनल)
फ्याबियान रुइज– (पेरिस सेन्ट जर्मन)
महोम्मद सलाह– (लिभरपुल)
भर्जिल भ्यान डाइक– (लिभरपुल)
भिनिसियस जुनियर– (रियाल मड्रिड)
भितिन्हा– (पेरिस सेन्ट जर्मन)
फ्लोरियान विर्ज– (लिभरकुजेन/लिभरपुल) 
लामिन यमाल– (बार्सिलोना)

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्