site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

राजविराज । सप्तरीको सुरुंगा नगरपालिका–२, हर्दियाको पोखरीमा डुबेर मंगलबार (असोज ७) दुई बालिकाको ज्यान गएको छ । सात वर्षीया सुस्तिका चौधरी र ११ वर्षीया आशकी चौधरीको मृत्यु भएको हो ।

दुवै बालिका नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । घटनाबारे स्थानीयले जानकारी गराएपछि पोखरीबाट बालिकाहरूको शव निकालिएको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्