देश
काठमाडौं । रौतहटमा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मौलापुर नगरपालिका–९, सोनारनियाका २५ वर्षीय महेश मुखियासहितका व्यक्तिहरू छन् ।
सोनारनियास्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार (असोज ६) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ५४ हजार ६७५ नेपाली रुपैयाँ, तीन हजार ५०० भारु र पाँच बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२ १४:५०
प्रतिक्रिया दिनुहोस्