site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्थगित एन्फा यू–१६ युथ लिग कार्तिक १६ देखि हुने

काठमाडौं । ‘जेनजी’ आन्दोलनका कारण स्थगित एन्फा यू–१६ युथ लिग पुनः सञ्चालन हुने भएको छ । मंगलबार (असोज ७) एन्फाले चैतसम्मको निम्ति संशोधित क्यालेन्डर सार्वजनिक गर्दै प्रतियोगिता पुनः सञ्चालन हुने जनाएको हो । 

एन्फाका अनुसार, प्रतियोगिता आगामी कार्तिक १६ देखि मंसिर २ गतेसम्म हुनेछ । यसअघि जेनजी आन्दोलनका कारण गत भदौ २३ गतेदेखि प्रतियोगिता स्थगित भएको थियो । 

अब प्रतियोगिताका बाँकी ४३ खेल सञ्चालन हुनेछ । जसअनुसार कार्तिक १६ मा नवप्रवेशी शीर्ष डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान ९ बजे हुनेछ ।

 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्