site stats
बाह्रखरी :: Baahrakhari
खेल
सबैभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी पर्नेमा पोखरा पहिलो, काठमाडौं दोस्रोमा

काठमाडौं । स्थानीय तहसम्बद्ध परेका भ्रष्टाचारसम्बन्धी उजुरीमा सबैभन्दा बढी पोखरा महानगरपालिका र काठमाडौं महानगरपालिका सम्बन्धित रहेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयार पारेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा सो उल्लेख गरिएको छ । 

अख्तियारको प्रतिवेदनअनुसार, गत आर्थिक वर्ष स्थानीय तहसम्बन्ध कुल १९ हजार ९३३ उजुरी परेका थिए । ती उजुरीमध्ये सबैभन्दा बढी सात हजार ७२ वटा मधेस प्रदेशका स्थानीय तहसँग सम्बन्धित थिए । 

सबैभन्दा कम एक हजार ४२० वटा उजुरी गण्डकी प्रदेशका स्थानीय तहसँग सम्बन्धित रहेको अख्तियारको प्रदेवेदनले देखाएको छ । 

“यसैगरी, स्थानीय तहसम्बद्ध उजुरीमध्ये सबैभन्दा बढी अर्थात् ४१३ वटा (२.०७ प्रतिशत) उजुरी पोखरा महानगरपालिका, कास्कीसँग सम्बन्धित रहेका छन्,” अख्तियारको प्रतिवेदनमा भनिएको छ ।  

पोखरा महानगरपालिकापछि बढी उजुरी पर्ने स्थानीय तहमा काठमाडौं महानगरपालिका रहेको छ । सो अवधिमा काठमाडौं महानगरपालिका सम्बन्धित ३८१ वटा उजुरी अख्तियारमा परेका थिए । 

पोखरा र काठमाडौंपछि सबैभन्दा बढी उजुरी छिपरमाई गाउँपालिका सम्बन्धित २९८, सुवर्ण गाउँपालिका सम्बन्धित २३०, नारायण नगरपालिका सम्बन्धित २०६, पचरौता नगरपालिका सम्बन्धित १९२, जलेश्वर नगरपालिका सम्बन्धित १९१, ललितपुर महानगरपालिका सम्बन्धित १८८ र जनकपुर उपमहानगरपालिका सम्बन्धित १७९ वटा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्