site stats
बाह्रखरी :: Baahrakhari
देश
बाजुरामा सर्पको टोकाइबाट एक जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–२, चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ ।

स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमलाकुमारी जैशीले जानकारी दिइन् । 

उनका अनुसार, दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो ।  रासस

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्