site stats
बाह्रखरी :: Baahrakhari
देश
श्रीमतीको हत्या आरोपमा पक्राउ

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कावासोती नगरपालिका–८, सगरमाथा टोलका ४२ वर्षीय सूर्यप्रसाद पाण्डे छन् ।

आफ्नै श्रीमती ३७ वर्षीया संगीता पौडेल पाण्डेको हत्या गरेको उनीमाथि आरोप छ । बुधबार (असोज ८) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

घरायसी विवादका क्रममा सूर्यप्रसादले चक्कु प्रहार गर्दा संगीता गम्भीर घाइते भएकी थिइन् । डन्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्