देश
काठमाडौं । मोरङमा तास खेलिरहेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४, जतुवाका ४५ वर्षीय राजेश रञ्जितकारसहितका व्यक्तिहरू छन् ।
राजेशको घरमा जुवातास खेलिरहेको अवस्थामा बुधबार (असोज ८) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ८५ हजार ९८५ रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूका तीन मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२ १६:३८
प्रतिक्रिया दिनुहोस्