काठमाडौं । १८ वर्षको उमेरमा लामिन यमल पुनः इतिहास रच्ने मोडमा पुगे । गएको सोमबार पेरिसमा सम्पन्न बालन डी’अर जित्न सफल भएको भए, उनी यो अवार्ड जित्ने इतिहासकै सबैभन्दा कान्छो खेलाडी बन्थे ।
तर, यो इतिहास अहिले नै यमलको नाममा लेखिन पाएन । पेरिस सेन्ट जर्मन (पीएसजी)सँगको संयुक्त सफलताले त्यहाँका फरवार्ड ओस्मान डेम्बेलेले यो अवार्ड जिते । अब यो अवार्ड यमलले किन जितेनन् भन्ने कुराले धेरै महत्त्व पनि राख्दैन । किनकी यसले नयाँ विजेता पाइसक्यो । तर, अर्काे तथ्य के हो भने यी १८ वर्षीय किशोर परिवर्तनको एक अगुवा बन्दै गइरहेका छन् । यिनले फुटबलमा नयाँ दृष्टिकोण बनाउँदै लगेका छन् । उनी नयाँ युगको सुरुआत गरिरहेका छन् ।
वर्षको सबैभन्दा उत्कृष्ट खेलाडी बन्न नसके पनि सोमबार यमलले अर्को अवार्ड जिते । उनले कोपा ट्रफी जिते । यो बालन डी‘अर समारोहमै सबैभन्दा कम उमेरको उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ । सानै उमेरका पाएका यिनै सफलताले फुटबलमा मात्र होइन यमललाई आफ्नो पुस्ताका ऐनाको रूपमा उभ्याएका छन् । जहाँ हेर्ने हरेक खेलाडी फुटबलबाट उनीजस्तै चर्चित बन्न चाहन्छन् ।
परम्परागत खेलाडीभन्दा पप स्टार शैली
दशकौँसम्म, त्याग, कठिन मेहनत र अनुशासनबाट मात्र राम्रो फुटबलर बन्न सक्छ भन्ने भाष्य थियो ।
लियोनल मेसी बालन डी’अरलाई ‘टिमको संयुक्त प्रयासको परिणाम’ भन्छन् । क्रिस्टियानो रोनाल्डोले आफ्नो शरीरिक परिश्रमको माध्यमबाट अनुशासनलाई आफ्नो विशेषता बन्दै बालन डी‘अरमा छाप छोडेका छन् ।
लामिन यमलले यसको विपरीत केही नयाँ गरे । यमलमा युवाहरूको महत्त्वकांक्षी बन्ने विशेषता झल्कन्छ । उनले भनेका छन्, “म एउटा मात्र बालन डी’अर जित्ने सपना बुन्दिनँ, म धैरै बालन डी’अर जित्ने सपना देख्छु । मैले त्यो हासिल गर्न सकिन भने, यो मेरो कमजोरी हुनेछ ।”
-1758799960.jpg)
यो न मेसीको शालिनताको न रोनाल्डोमा रहेको साहसिक योद्धाको जस्तो मानसिकता हो । यो त्यो हो जसलाई स्व–स्वामित्व भनिन्छ । जहाँ कुनै पनि व्यक्तिले आफ्नो लक्ष्यलाई दायित्व बनाएको हुन्छ ।
यो जेनेरेसन जी र अल्फालाई जोड्ने विचार हो । यो पुस्ता अभावका बीच उदाएका युवाहरू हुन् । जसले आर्थिक कठिनाइ व्यहोरे, महामारी देखे । यो पुस्ताका युवा कुनै पनि संस्थालाई सहजै विश्वास गर्न मान्दैनन् ।
उनीहरूको निम्ति सफलता भनेको प्रणालीसँग वफादार हुनु नभई त्यो प्रणालीबाट स्वतन्त्र हुनु हो ।
त्याग नै सफलताको मुख्य कारक होइन, स्वतन्त्रता हो । पैसा हुनुको अर्थ बिग्रनु होइन । तर, पैसा नहुुनुले डर पनि दिँदैन । पैसाको अर्थ स्वायत्तता हो । रमाइलो गर्नु अनावश्यक होइन । यी त सफलताका अंश हुन् ।
यही भावनाबाट प्रेरित यमलले रमाइलोसाथ मोनाकोमा आफ्नो गर्मी बिताए । त्यहाँ उनले गुन्डा शैलीमै जन्मदिन मनाए । त्यहाँ यमलमात्रै थिएनन्, ब्राजिलियन स्टार नेइमार पनि थिए । नेइमार तीनै खेलाडी हुन, जसले फुटबलमा छुट्टै पहिचान बनाइसकेका छन् । तर, यसैमा लामो समय रम्न भने सकेनन् । अझै पनि धेरै समर्थकहरूका निम्ति नेइमार आदर्श खेलाडी हुन् ।
उनीहरूको तर्क छ, “प्रदर्शन राम्रो गर्दासम्म कुनै पनि खेलाडीलाई कसैले कसरी बाच्नुपर्छ भनेर सिकाउने अधिकार हुँदैन ।” यस अर्थमा, यमल परम्परागत फुटबलरभन्दा पनि पप स्टार जस्ता थिए ।
यमलले भत्काएको विरासत
वर्तमान युवापुस्तामा यस्तो मानसिकता हावी हुन सामाजिक सञ्जालको ठूलै भूमिका छ । जहाँ मेसी बुझ्न निकै कठिन र रहस्यमय थिए, रोनाल्डो सावधानीपूर्वक बनाइएको प्रतिद्वन्द्वी थिए ।
उनी सहज अवस्थामा मात्र आफ्ना चाहना व्यक्त गर्छन् । उनी विश्वभरका समर्थकहरूसँगको आफ्नो निजी क्षण र नाचहरू पोष्ट्याउँछन् । यसैकारण समर्थकहरू उनीलाई निकै नजिकबाट चिनेको महसुस गर्छन् ।
यो पारदर्शीताले गर्दा क्याटालनका युवाहरूमाझ यमल आदर्श पात्र बनेका छन् । ला मासियाको कडा परिश्रम शैली र अनुशासनका कारणले गर्दा नभई यमलले यी सबैलाई तोडेका कारण युवामाझ उनी चर्चित छन् ।
स्पेनका किशोर विंगर उनी विश्वमाझ वेग्लै प्रस्तुति दिन्छन् । यमल मैदानभित्र र बाहिर नियमित लय तथा क्षमता एकनासको हुने गर्छ । यही कौशलले उनीमार्फत विश्वका युवाहरू पुनः नजिक भएको कुरा देखाउँछ ।
-1758799960.jpg)
यमल स्व–सचेत छन् । आफू प्रतिभावान छु भन्ने कुरा यमललाई थाहा छ । उनी जिम्मेवारी बहन गर्छन् । टिमको निम्ति फ्रिकिक र पेनाल्टी प्रहार गर्छन् । बार्सिलोनाको १० नम्बर को जर्सी लगाउने यमल भन्छन्, “चरित्र निर्माण गर्नुले अस्तित्वमा रहन सहयोग गर्छ ।”
यो लचिलोपन प्रतिभाबाट मात्र नभइ उनले बाँचेको जीवनशैलीबाट आएको हो । यमल क्याटालनको रोफाकोन्डाको एक श्रमिक परिवारमा हुर्किए । उनको परिवार मोरोक्को र ग्युनियाको आप्रवासी थियो । यमलको हजुरआमा स्पेन आएकी थिइन् । स्पेनमै यमललाई आमाले हुकाईन् ।
लामिनको बुबामाथि छुरा प्रहार हुँदा उनी १६ वर्षका मात्र थिए । उनले ला मासियामा भर्ना हुँदा सामाजिक परिवेशसँग संघर्ष गर्नुपर्यो । उनी एकैपटक नम्र शालिन परिबारबाट कुलीन परिवेशमा पुगेका थिए । यी वातावरणले यमललाई सशक्त बनाएको हो ।
अहिले यमल परिवारले आफ्नो लागि गरेको यी सबै गुनको ऋण भरपाई गर्न लागिपरेका छन् । उनले आफ्नो कमाइबाट आमालाई घर किनिदिए । यो यमलले आफ्नो कमाइबाट गरेको पहिलो काम हो । “मेरो लागि मेरी आमा रानी हुन्,” आमाको बारेमा यमल भन्छन् । यमल ती दिनहरू सम्झन्छन् । जहाँ यमलकी आमा अबेरसम्म काम गरेर घर आउँथिन् र खाना पकाएर घरको काम पनि गर्दिन् ।
उनी आफ्नो चर्चालाई खास ध्यानमा राख्दैनन् । जन्मदिनको उत्सवमा औधी रमाइलो गर्दा यमल फेरि एकपटक चर्चाको केन्द्र बनेका थिए । तर, यसमा यमलले चित्तदुखाइ गरेनन् । उल्टै सञ्चार संस्थालाई नै प्रश्न गरे, “१८ वर्षीय यो युवा बाहिर रमाइलो गर्दै छ भन्ने पनि समाचार बन्छ । विश्वास लाग्छ ?” मैदानमा गरेको उत्कृष्ट प्रदर्शनले यमलको यी सबै आलोचनालाई हटाइदिन्छ । उनको प्रदर्शन नै लोभलाग्दो हुन्छ । यमलको डर भनेको उनी आफ्नो फुटबल लगावमा बाच्न सकिँदैन कि भन्नेमात्रै हो । अरु ? अरु कुनै कुराको परवाह यमलमा देखिँदैन ।
त्यसै पनि फुटबलमा शालिनता प्रस्तुत गर्ने छुट्टै तरिका छ यमलको ।
यमलले बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्प मर्मत सम्भार हुनुअघि आठ मिनेट मात्र खेलेका थिए । क्याम्प नाम त्यही मैदान हो, जहाँबाट अर्जेन्टिनी कप्तानले विश्वव्यापी छवी बनाए । तर, त्यही मैदानमा यमलले हालसम्म आठ मिनेटमात्रै खेल्ने अवसर पाएका छन् । यसले पनि देखाउँछ, फुटबलमा यमलले अझै कति धेरै गर्न बाँकी छ भन्ने ।
वास्तवमै, अहिले बार्सिलोनाले यमलबिना पनि खेलिरहेका छ । खेलिरहेको मात्रै हैन, जितिरहेको पनि छ । कुनै समय बार्सिलोनाका निम्ति अत्यावश्यकजस्तै बनेका यमल त्यही चर्चामा छैनन् । उनी नहुँदा पनि मार्कुस रासफोर्ड, पेड्रीजस्ता खेलाडीले जित्नै पर्ने खेलमा बार्सिलोनालाई जित दिलाइरहेका छन् ।
-1758799960.jpg)
यो क्लब र उनी दुवैको निम्ति सकारात्मक कुरा हो । यसले यमललाई चर्काे दबाब नभई टिमको संयुक्त प्रदर्शनको वातावरणमा हुकर्ने अवसर दिलाउँछ । टिमलाई पनि यमलमा मात्रै निर्भर हुनुपर्ने अवस्था रहँदैन ।
निसन्देह मैदानमा यमल उदियमान छन् । उनको रक्षात्मक भूमिका र बलका निम्ति खटिने स्वभावले यमल अझ परिष्कृत फुटबलर बन्दैछन् भन्ने देखाउँछ । यता, प्रशिक्षकद्वय हेन्सी फिल्क र लुइस डेला फुइन्टे उनीलाई पूर्ण खेलाडीमा परिवर्तन गर्न प्रयासरत छन् ।