site stats
बाह्रखरी :: Baahrakhari
खेल
वेस्ट इन्डिजविरुद्ध खेल्ने भारतको टिम सार्वजनिक, ऋषभ पन्त अटाएनन्

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्तले घरेलु मैदानमै हुने वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखला गुमाउने भएका छन् । 

बिहीबार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले सार्वजनिक गरेको १५ सदस्यीय टोलीमा पन्त अटाउन सकेनन् । खुट्टाको चोटका कारण उनले वेस्ट इन्डिजविरुद्धको शृंखला गुमाउने भएका हुन् । पन्त अटाउन नसकेको टिमको कप्तानी शुभमन गिलले सम्हाल्ने छन् ।

पन्त गत फेब्रुअरीमा सम्पन्न इंग्ल्यान्डविरुद्धको टेस्ट शृंखलाका दौरान घाइते भएका थिए । त्यसयता उनी मैदान बाहिर थिए ।

वेस्ट इन्डिजसँगको शृंखला आगामी अक्टोबरदेखि सुरु हुनेछ । जसको पहिलो खेल आगामी अक्टोबर २ मा अहमदाबादमा हुनेछ । दोस्रो खेल अक्टोबर १० मा हुनेछ ।

भारतको टिम :

शुभमन गिल (कप्तान), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, ध्रुव जुरेल (विकेटकिपर), रविन्द्र जडेजा, वासिङ्टन सुन्दर, जसप्रीत बुमराह, अक्षर पटेल, नितिश कुमार रेड्डी, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, कुलदीप यादव, एन जगदीशन (विकेटकिपर), देवदत्त पडिक्कल ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्