site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘नेपाली खेलाडीहरू चुनौती पेस गर्न तयार छन्’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लले वेस्ट इन्डिजको सामना गर्न आफ्नो टिम तयार रहेको बताएका छन् । शुक्रबार (असोज १०) प्रशिक्षक लले नेपाली खेलाडीहरू वेस्ट इन्डिजको सामना गर्न तयार रहेको बताएका हुन् । 

“नेपाली खेलाडीहरू चुनौती पेस गर्न तयार छन् । हाम्रो सबै खेल नेपालमा ज्यान गुमाएका सहिदहरूप्रति समर्पित छ । यहाँ हामीले माग गरेअनुसारको पर्याप्त सुविधा पाएका छौँ । यूएईमा रहेका नेपालीहरूलाई उपस्थितिको निम्ति अनुरोध गर्दछु । मैले नेपाली क्रिकेट समर्थकहरूबाट धेरै माया पाएको छु,” प्रशिक्षक लले भने । 

नेपालले वेस्ट इन्डिजसँग यूएईको शारजाहमा ऐतिहासिक टी–२० शृंखला खेल्ने तालिका छ । नेपालले विश्वकप छनोटको तयारी स्वरुप शृंखला खेल्न लागेको हो । 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाको सम्झनामा युनिटी कप नाम दिएको यो प्रतियोगिताका सबै खेल युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट रंगशालामा हुनेछ । शृंखलाअन्तर्गत नेपालले सेप्टेम्बर २७ मा पहिलो खेल खेल्ने छ । सेप्टेम्बर २९ मा दोस्रो खेल खेल्नेछ । र, सेप्टेम्बर ३० मा तेस्रो तथा अन्तिम खेल खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्