site stats
बाह्रखरी :: Baahrakhari
देश
कञ्चनपुरमा तास खेलिरहेका सातजना समातिए

काठमाडौं । कञ्चनपुरमा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ का ५३ वर्षीय शिवराज भट्टसहितका व्यक्तिहरू छन् ।

भीमदत्त–५ मा भट्टले सञ्चालन गरेको शिवशक्ति खाजा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (असोज १०) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद ५० हजार ८८८ रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्