site stats
बाह्रखरी :: Baahrakhari
खेल
वेस्ट इन्डिजविरुद्ध ब्याटिङ पावर प्लेमा नेपालको खराब सुरुआत

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा ब्याटिङ गरिरहेको नेपालले पहिलो पावर प्लेमा खराब सुरुआत गरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले पहिलो ६ ओभरसम्म ३४ रन बनाउँदा दुवै ओपनरलाई गुमाएको छ ।

नेपालबाट हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेलले १५ र कुशल मल्लले सात रन बनाएका छन् ।

नेपालले २.१ ओभरमा पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । स्टम्प आउट भएका भुर्तेलले ६ रन बनाए । त्यसपछि नेपालले ३.१ ओभरमा अर्का ओपनर आसिफ शेखलाई गुमायो । आसिफले तीन रन मात्र बनाए ।

नेपाली टिमले टेस्ट राष्ट्रविरुद्ध खेलिरहेको यो पहिलो टी–२० शृंखला हो । नेपालले वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेल्ने तालिका छ । नेपालले सोमबार दोस्रो र मंगलबार तेस्रो तथा शृंखलाको अन्तिम खेल खेल्नेछ ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्