काठमाडौं । एसीसी एसिया कप–२०२५ को फाइनलमा भारतविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ ।
आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर भारतका कप्तान सूर्यकुमार यादवले फिल्डिङको निर्णय लिँदै पाकिस्तानलाई ब्याटिङको निम्तो दिए ।
यस्तै, प्रतियोगितामा यी दुई टिमबीच यसअघि दुई खेल भइसकेको छ । यी दुवै खेलमा भारतले पाकिस्तानलाई क्रमशः सात र ६ विकेटले पराजित गरेको थियो ।
पाकिस्तानले एसिया कपको इतिहासमा हालसम्म टी–२० संरचनाको उपाधि हासिल गर्न सकेको छैन । यसअघि, एकदिवसीय संरचनामा भने पाकिस्तानले दुईपटक उपाधि जितेको थियो ।
प्रतियोगिताकै सबैभन्दा सफल टोली भारतले हालसम्म आठपटक उपाधि जितेको छ । जसमा भारतले सातपटक एकदिवसीय र एकपटक टी–२० संरचनामा उपाधि जितेको हो ।