site stats
बाह्रखरी :: Baahrakhari
देश
चार डीआईजी एआईजीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा जनपद समूहतर्फको चार प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ । आइतबार (असोज १०) बढुवा समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले डीआईजीहरू सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

राठौर नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग अन्तर्गत रहेको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत छन् । चतुरबेदी मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन् ।

श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा कार्यरत छन् भने विक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन् ।

552954985_1065366152342786_8542280029113349387_n-1759070908.jpg
 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्