काठमाडौं । एसीसी एसिया कप–२०२५ को फाइनलमा भारतविरुद्ध पाकिस्तानले पहिलो पावर प्लेमा सुखद् सुरुआत गरेको छ ।
आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको पाकिस्तानले पहिलो ६ ओभरको खेल सकिँदा विकेट नगुमाई ४५ रन बनाएको छ ।
पाकिस्तानबाट हाल क्रिजमा रहेका साहिबजादा फरहानले ३२ र फखर जमानले १४ रन बनाएका छन् ।
यसै प्रतियोगितामा यी दुई टिमबीच दुई खेल भइसकेको छ । यी दुवै खेलमा भारतले पाकिस्तानलाई क्रमशः सात र ६ विकेटले पराजित गरेको थियो ।
पाकिस्तानले एसिया कपको इतिहासमा हालसम्म टी–२० संरचनाको उपाधि हासिल गर्न सकेको छैन । यसअघि, एकदिवसीय संरचनामा भने पाकिस्तानले दुईपटक उपाधि जितेको थियो ।
प्रतियोगिताकै सबैभन्दा सफल टोली भारतले हालसम्म आठपटक उपाधि जितेको छ । जसमा भारतले सातपटक एकदिवसीय र एकपटक टी–२० संरचनामा उपाधि जितेको हो ।