site stats
बाह्रखरी :: Baahrakhari
देश
तुइन खोलामा पहिरो पन्छाउन तीन–चार घण्टा लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौं । मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकै खसेको पहिरो पन्छाइँदै छ । यति बेला आवागमन दुईतर्फी बन्द रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो झर्ने क्रम जारी नै छ । दुई उपकरणबाट सावधानी अपनाई पहिरो पन्छाउने कार्य थालिएको छ ।

“...थप पहिरो नझरे पहिरो पन्छाउन करिब तीन–चार घण्टा समय लाग्ने आकलन गरिएको छ,” सडक डिभिजनले सोमबार (असोज १३) दिउँसो साढे १ बजे जारी गरेको सूचनामा भनिएको छ, “सकभर वैकल्पिक सडक प्रयोग गर्नुहुन अनुरोध गर्दछौँ ।”

रोकिएका सवारीसाधनलाई लेन अनुशासनको पालना गरी सावधानीपूर्वक रहन सडक डिभिजनले आग्रह गरेको छ ।

सोमबार मध्याह्न त्यहाँ पुनः पहिरो खसेको हो ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्