site stats
बाह्रखरी :: Baahrakhari
देश
तुइन खोलामा पहिरो पन्छाउन अझै ‘दुई घण्टा लाग्ने’

काठमाडौं । मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकै खसेको पहिरो पन्छाउने क्रम जारी छ । यति बेला आवागमन दुईतर्फी बन्द रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

तीन उपकरणबाट सावधानी अपनाई पहिरो पन्छाइँदै छ । “...थप पहिरो नझरे पहिरो पन्छाउन करिब दुई घण्टामा सवारी आवागमन सुचारु हुने जानकारी गराउँछौँ,” सडक डिभिजनले सोमबार (असोज १३) दिउँसो साढे २ बजे जारी गरेको सूचनामा भनिएको छ ।

रोकिएका सवारीसाधनलाई लेन अनुशासनको पालना गरी सावधानीपूर्वक रहन सडक डिभिजनले आग्रह गरेको छ ।

सोमबार मध्याह्न त्यहाँ पुनः पहिरो खसेको हो ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्