site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपतिले गरे विभिन्न शक्तिपीठको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमी पर्वका अवसरमा शक्तिपीठको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार नक्साल भगवती मन्दिर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन् ।

राष्ट्र प्रमुखको हैसियतमा हरेक वर्ष राष्ट्रपतिले उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ । तर, यस वर्ष राष्ट्रपति पौडेलले नक्सालभगवती मन्दिरको मात्रै दर्शन गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्