site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपतिले गरे नवकन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको महान् चाड बडादसैँअन्तर्गत नवरात्रिको नवौँ दिन नवकन्याको पूजा गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधबार (असोज १५) उनले महानवमीको शुभ अवसरमा नवकन्याको पूजा गरेका हुन् ।

त्यसक्रममा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरे । नवकन्याहरू नक्सालस्थित बालमन्दिरबाट ल्याइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नवकन्याको पूजा गर्ने प्रचलन छ । दुर्गाभगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको प्रतिनिधि मान्दै नवकन्याको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले परम्परालाई निरन्तरता दिएका हुन् ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्