site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मतीसहित यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको छ । देशका सबै प्रदेशमा बिहीबार (असोज १५) साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागलगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागका अनुसार राति, सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

 

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  ०६:५०
प्रतिक्रिया दिनुहोस्