देश
काठमाडौं । नेपालीहरूको महान् पर्व विजया दशमी (बडादसैँ) मनाउन सर्वसाधारण सहरबाट गाउँ फर्किएसँगै काठमाडौं केही सुनसान भए पनि बिस्तारै चहलपहल सुरु भएको छ ।
दसैँको टीकाको दिन टीका प्रसाद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि आज दिउँसोसम्म सडकहरू सुनसान देखिएका थिए ।
तर, बिस्तारै सडकहरूमा सवारी चाप बढेको छ । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधनको चहलपहल बढेको छ ।
– न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२ १५:१३
प्रतिक्रिया दिनुहोस्