काठमाडौं । बर्दियाको राजापुर नगरपालिका–६, खल्लाजयपुरको थारू समुदायले टीका र मकैको जमरा लगाएर हर्षोल्लासका साथ दसैँ मनाएको छ ।
दसैँको नवौँ दिन थारू समुदायको बाहुल्यता रहेको बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, बाँके, र सुर्खेत जिल्लामा आफ्नै मौलिक परम्परासहित दसैँ मनाइन्छ ।
हिन्दु धर्मझैँ थारू समुदायले दसैँ मनाउने भए पनि उनीहरूको आफ्नै मौलिक संस्कृति, परम्परा र धार्मिक अनुष्ठान अनुसार टीका र जमरा लगाएर दसैँ मनाउने गर्छन् । कसैले रातो टीका त कसैले सेतो टीका र जमरा लगाएर दसैँ मनाउने गर्छन् ।
थारू समुदायमा दसैँलाई ‘दश्या’ भनेर मनाइन्छ । यो पर्व थारु समुदायको माघी र अट्वारी पछिको अर्को ठूलो पर्व हो ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी