देश
जनकपुरधाम । जेनजी आन्दोलनमा मधेस प्रदेशका ९० वटा प्रहरी र २०७ वटा सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट सात करोड ३१ लाख २२ हजार बराबरको क्षति भएको छ ।
क्षतिग्रस्त सबै कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा आएका छन् । आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार, आन्दोलनकारीले दुई करोड ६ लाख ७८ हजार ३८० मूल्य बराबरका सवारी साधन जलाएका छन् । रासस
प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२ २१:४६
प्रतिक्रिया दिनुहोस्