site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
धुवाँ र आँसुले आँखामा पर्दा लगायो

देश जलिरहेछ
पशुपति घाटमा लाश जलिरहेछ 
जलेपछि धुवाँ 
वायुमण्डलमा फैलिरहेछ 
जलेको धुवाँ
चाहे त्यो भवनको होस् 
चाहे त्यो लाशको होस् 
त्यो धुवाँको
गन्ध नाकलाई मन परेन
हामी निस्सासियौँ
हामी छट्पट्टायौँ

विक्षिप्त भयौँ बिहोस भयौँ
धुवाँले 
हाम्रो आँखाबाट आँसु आइरहेछ ! 

आँसुले आँखामा पर्दा लाग्यो 
र हेर्न हामीले सकेनौँ
ती विभत्स दृश्यहरू
जलाउँदै गर्दा
ती हातहरू किन कामेनन्
साना साना बालकलाई मार्दै गर्दा
त्यहाँ 
आफ्ना छोराछोरी किन सम्झेनन् ! 
(विराटनगर)

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  २२:१६
प्रतिक्रिया दिनुहोस्