देश
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ ।
सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सबै कार्यालयका कर्मचारीलाई विपद् प्रतिकार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम रहेकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको छ ।
साथै, विभागले नागढुंगा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । रासस
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२ १५:०६
प्रतिक्रिया दिनुहोस्