site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चार मुक्तक

एक 
नेताले परिवार घुमाउन सरकारी गाडी गुडाए
आसेपासेले नियम र कानुनको डोरी चुँडाए
जनताको मनोभावना बुझेर नै होला, पक्कै 
जेनजीले नेताहरूको एकाएक सातो उडाए ।

दुई
घरमा धनको वर्षा हुन्छ भन्दै जन्तर बिकाए
लिंग परिवर्तन हुन्छ भन्दै मन्तर बिकाए
ठग र फटाहाहरूको कमी छैन जताजतै 
अर्का ठगले पाखो जमिनको अन्तर बिकाए ।

तीन 
घुस्याहा हाकिमले टिप्पणी फाइल अड्काए
टेबुलमुनिबाट हजारको नोटको मुठो पड्काए
बेलुकी हाकिम मुसुमुसु हाँस्दै सेवाग्राहीसँग 
भट्टीमा बसेर सेकुवाको साथ बियर घट्काए ।

चार  
असल होइन उनले कमसल सामान झिकाए
व्यापारीले इमानदारलाई ठग्दै धेरै बिकाए
व्यापारमा पनि सिक्ने–सिकाउने हुन्छन् र त,
गुरुले चेलालाई यसरी ठग्नुपर्छ भन्दै सिकाए ।

(बूढानीलकण्ठ)
 

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  २१:४३
प्रतिक्रिया दिनुहोस्