देश
काठमाडौं । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । मेघगर्जनसहित वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोदेखि मधेस, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा वर्षा हुनेछ । त्यसैले यी प्रदेश भएर बग्ने नदी तथा खोलामा वहाब उल्लेख्य बढ्न सुरु हुनेछ ।
आज राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्ला भएर बग्ने नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२ ०५:४१
प्रतिक्रिया दिनुहोस्