काठमाडौं । आज (शनिबार) र भोलि (आइतबार) देशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ । केही स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभावका कारण भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हो ।
हाल कोसी प्रदेशका एकदुई स्थान, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आगामी २४ घण्टा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
मधेस,, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।
आज राति कोसी, मधेस, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहनेछ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
भोलि दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
कोसी, मधेस र वाग्मती प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
भोलि राति कोसी, मधेस, वाग्मतीलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोसी, मधेस, वाग्मती प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा सम्भावना रहेको विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोदेखि मधेस, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा वर्षा हुनेछ । त्यसैले यी प्रदेश भएर बग्ने नदी तथा खोलामा वहाब उल्लेख्य बढ्न सुरु हुनेछ ।
आज राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्ला भएर बग्ने नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।