site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंसहित यी जिल्लामा छ आज बाढीको अति उच्च जोखिम
फाइल तस्बिर ।

काठमाडौं । भारी र धेरै भारी वर्षाको पूर्वानुमान रहेका कारण आज देशका केही नदी तथा खोलामा बाढी जोखिम रहेको छ । 

सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, रामेछाप, दोलखा, रामेछाप, सिन्धुपाल्चोकमा बाढीको अति उच्च जोखिम  छ । 

काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा ताप्लेजुङ,  रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान छ । 

कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भएर बग्ने नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्