site stats
बाह्रखरी :: Baahrakhari
देश
बाराको कलैयामा 'अति भारी वर्षा'

काठमाडौं । बाराको कलैयामा गएको चौबिस घण्टामा 'अति भारी वर्षा' मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो ३:२० बजे दिएको जानकारी अनुसार, कलैयामा २००.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।

महाशाखाले जल तथा मौसम विज्ञान विभागले दिने जानकारी लिएर सुरक्षित रहन आग्रह गरेको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । दश मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्