site stats
बाह्रखरी :: Baahrakhari
देश
बाटोमै राेकिएका यात्रुलाई खानपानको व्यवस्था गर्न प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोका कारण बाटोमै रोकिएका लामो दुरीका सवारीसाधन र यात्रुहरूको उचित व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरेको छ ।

शनिबार (असोज १८ गते) सबै जिल्ला प्रशासन कार्यालयका नाममा जारी गरिएको पत्रमा प्राधिकरणले सूचना नपाएर केही सवारीसाधन बाटोमै रोकिएको हुन सक्ने भएकाले उनीहरूका लागि आवश्यक बन्दोबस्त मिलाउन आग्रह गरिएको छ ।

पत्रमा अलपत्र परेका यात्रुहरूलाई सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी एवं जिल्लामा कार्यरत रहेका सरकारी तथा गैरसरकारी संघसंस्था, निजी क्षेत्र लगायतसँग समन्वय गरी सुरक्षित स्थानमा राखेर खानपान, स्वास्थ्योपचारलगायत आवश्यक बन्दोबस्त मिलाउन भनिएको छ ।

प्राधिकरणका अनुसार, देशका विभिन्न भागमा चट्याङसहित भारीदेखि अति भारी वर्षा भइरहेको छ । यसबाट उत्पन्न हुने बाढी, पहिरो र डुबानजन्य विपद्लाई दृष्टिगत गर्दै सबै जिल्लामा चल्ने लामो दुरीका सवारीसाधनको आवागमनमा असोज २० गते सोमबारसम्म रोक लगाउन पनि भनिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्