site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मती र कमलाका सहायक नदीले नाघे 'खतरा तह', नारायणी र कोसीको बहाव बढ्दो
फाइल तस्बिर ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले वाग्मती र कमला नदीका सहायक नदीहरूले खतराको तह पार गरेको जनाएको छ ।

शनिबार राति ९:३५ बजेको जानकारीअनुसार,  नारायणी र कोसी नदीका सहायक नदीहरूको बहाव पनि सतर्कता तह पार गरेर बढ्दो क्रममा छ ।

नदीहरूको जलसतहमा आएको वृद्धिका कारण तटीय क्षेत्र र डुबान हुने होचा भूभागमा बसोबास गर्नेहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  २२:२९
प्रतिक्रिया दिनुहोस्