site stats
बाह्रखरी :: Baahrakhari
देश
आगामी २४ घण्टामा कहाँ–कहाँ हुनेछ भारी वर्षा ?

काठमाडौं । देशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । दिउँसो पनि वर्षा हुनेछ । दिउँसो र राति केही स्थानमा भारी वर्षाको पूर्वानुमान रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही वाग्मती, लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी र मधेस प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति कोसी, मधेस, वाग्मतीलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा सम्भावना छ ।

हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको विभागले बताएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्