देश
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत र पुनःस्थापनाको कार्यमा तत्काल सक्रिय गराउन निर्देशन दिएका छन् ।
बाढी–पहिरोको प्रकोपजन्य क्षेत्रमा सबै तहका पार्टी कार्यालयमा सहायता कक्ष स्थापना गरी उद्दार, राहत र पुनःस्थापना कार्यमा थप सक्रिय हुन उनले निर्देशन दिएका छन् ।
उनले भनेका छन् “विगत केही दिनयता मौसम प्रणाली पुनः सक्रिय भएपछि देशका पूर्वी तथा मध्य क्षेत्रहरूमा परेको अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु ।”
प्रकाशित मिति: आइतबार, असोज १९, २०८२ १३:३४
प्रतिक्रिया दिनुहोस्