site stats
बाह्रखरी :: Baahrakhari
देश
भुटानी शरणार्थी प्रकरण : कारागारबाट भागेका सन्देश शर्मा पक्राउ

काठमाडौं । जेनजी प्रदर्शन हिंसात्मक हुँदा कारागारबाट भागेका सन्देश शर्मा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेका शर्मा आइतबार ललितपुरबाट पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको बख्खुडोलबाट पक्राउ गरेकाे हाे ।

शर्मा दाङका स्थायीबासी हुन् । यसअघि प्रहरीले भुटानी शरणार्थी प्रकरणमा थुनामा पुगेका बेचन झा, सानु भण्डारी र केशव दुलाललाई पनि पक्राउ गरेको थियो । 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्