site stats
बाह्रखरी :: Baahrakhari
देश
सातवटै प्रदेशमा मध्यम वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । दिउँसो र राति सातवटै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको विभागले बताएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  ०६:२९
प्रतिक्रिया दिनुहोस्